६ पुस २०८२, आइतबार

क्रसफायर बाइकको मूल्य बढ्यो, कुन मोडलको मूल्य कति ?

प्रकाशित मिति :  14 June, 2022 3:30 pm


काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय क्रसफायर बाइकको मूल्य बढेको छ । सरकारले २५० सीसी भन्दा माथिको मोटरसाइकलमा भारी दरमा भन्सार बढाएपछि नेपाली बजारमा मोटरसाइकल ब्रान्ड क्रसफायरको मूल्य डेढ लाख रुपैयाँँसम्म बढेको छ ।

क्रसफायर बाइकको तीन मोडलको मूल्य बढेको हो । कम्पनीले विक्री गर्ने तीन मोडलका मोटरसाइकलहरु क्रसफायर आरएम २५०, एचजे २५० र ट्रेकर २५० बाइकको मुल्य १ लाख ४० हजार रुपैयाँ, देखि ३५ हजार रुपैयाँले मूल्य बढेको छ ।

अब क्रसफायर आरएम २५० को नयाँ मूल्य ८ लाख ८८ हजार, एचजे २५० को मूल्य ७ लाख ७० हजार रुपैयाँ, ट्रेकर २५० को मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ । उक्त मूल्य जेठ ३० गते सोमबार देखि लागू भएको छ ।



प्रतिक्रिया दिनुहोस !