६ पुस २०८२, आइतबार

बालिका करणी गरेको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति :  15 June, 2022 12:06 pm


पाल्पा । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकले १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी पश्चात फरार रहेका विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार विकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए ।

पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए।



प्रतिक्रिया दिनुहोस !