६ पुस २०८२, आइतबार

शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका वेथितिहरूको अन्त्य हुन सभापति घर्तीको विश्वास

प्रकाशित मिति :  15 June, 2022 12:30 pm


काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका वेथितिहरूको अन्त्य हुने विश्वास लिएकी छन् ।

समितिको वार्षिक प्रतिवेदन २०७८ र २०७९ प्रतिनिधि सभाको बैठकमा पेश गर्दै समितिले दिइएका निर्देशन र सुझावको सफल कार्यान्वयन हुने र शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएको वेथितिहरूको अन्त्य हुनेमा आफूले विश्वास लिएको बताएकी हुन् ।

प्रतिवेदन पेश गर्दै उनले भनिन्,“यस समितिले दिएका सुझाव र निर्देशनलाई सरकारले गम्भीरतापूर्वक आत्मसाथ गरी कार्यान्वयन गर्नेछ भन्ने शिक्षा तथा स्वास्थ्य समितिले अपेक्षा गर्दछ ।”

प्रतिनिधि सभाको काम कारबाहीहरूलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पादन गर्न सहयोग पु¥याउने, नेपाल सरकारलाई संसद र जनताप्रति उत्तरदायी बनाउने, सरकारले गरेका काम कारबाहीहरूको अनुगमन मुल्याङ्न गरी निर्देशन र सुझाव दिने,विधेयकहरूमाथि छलफल गरी निष्कर्षमा पुर्‍याउने लगायतका कार्य समितिले गर्दै आएको उनको भनाई थियो ।

शिक्षा तथा स्वास्थ्य समितिको कार्यषेत्रभित्र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्दछन् । सभापति घर्तीले गत वर्ष र यसवर्ष गरेर १२८ वटा बैंठक सम्पन्न भएको जानकारी दिइन् ।

समितिले विद्यालयको भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर अभिवृद्धि,विश्वविद्यालयका समस्या, चिकित्सा शिक्षामा देखिएका समस्या लगायतका विषयमा मन्त्रालयको ध्यानकर्षण गर्दै बेला बेलामा निर्देशन तथा सुझाव दिएको पनि सभापति घर्तीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !