टीभीएसका बाइक वा स्कुटर किन्दा १३ महिना रोड ट्याक्स फ्रि
प्रकाशित मिति : 15 June, 2022 1:18 pm
काठमाडौं । टीभीएस कम्पनीको कुनैपनि मोटरसाइकल वा स्कुटर किन्दा रोड ट्याक्स तिर्नु नपर्ने भएको छ । नेपालका लागि आधिकारि वितरक जगदम्बा मोटर्सले टिभीएस कम्पनीको कुनैपनि मोटरसाइकल वा स्कुटर किन्दा १३ महिनासम्म रोड ट्याक्स तिर्नु नपर्ने स्किम ल्याएको जनाएको छ । कम्पनीले ‘टीभीएसको साथ, १३ महिनाको लागि नो रोड ट्याक्स’ नामक अफर सार्वजनिक गरेको हो ।
जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल र स्कुटर किन्दा शोरुमबाट ४० प्रतिशत सम्म रकम डाउन पेमेन्ट गर्ने भएको छ । त्यसका साथै शून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्म किस्ता तिर्न सकिने गरी कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सकिने सुविधा उपलब्ध गरेको कम्पनीले जनाएको छ ।








