६ पुस २०८२, आइतबार

बिवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

प्रकाशित मिति :  15 June, 2022 1:48 pm


रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पताल भर्ना भएकी छन् ।

एक्कासी बेहोस भएपछि राज्यमन्त्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई दाङबाट गएराति करिव १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ । वलीले प्रेमी भनिएका एकराज बस्नेतको घरमा गएर श्रीमती र छोरीमाथि हातपात गरेको आरोप लागेको थियो ।

होहल्ला भएपछि वलीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । मन्त्री वलीले भने एकराज बस्नेतले आफूसँग सापटी लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्क विहिन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको बताएकी छन् । उनले बस्नेतको घरमा पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाब भएको आफू बेहोस भएको बताएकी छन् ।

वलीको भनाई छ,“लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाई भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई पसाउन काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिए । हामीलाई च्यानलगेट बन्द गरियो ।”

प्रदेश सभा सदस्य दामा शर्माले भनिन्,“राज्यमन्त्री विमलाले आफूलाई यी विभिन्न तनावको कारण आफू बेहोस आफूहरुले उपचारको लागि लिएका हौँ । ”

उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र) संसदीय संसदीय दलका प्रमुख सचेतक बसन्त घर्तीमगर अस्पताल पुगेका थिए । घर्तीले मन्त्री वलीको अवस्था सुधारात्मक रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !