६ पुस २०८२, आइतबार

राज्यमन्त्री वली घटनाबारे छानविन गर्न प्रदेश सरकारद्वारा कार्यदल गठन

प्रकाशित मिति :  15 June, 2022 3:27 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला वली घटनाबारे सत्य तथ्य बुझनका लागि कार्यदल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रबक्ता तिलकराम शर्माले जानकारी दिए ।

राज्य मन्त्री वलीले प्रेमी भनिएका एकराज बस्नेतको घरमा गएर हिजाे श्रीमती र छोरीमाथि हातपात गरेको आरोप लागेको थियो ।

होहल्ला भएपछि वलीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । मन्त्री वलीले भने एकराज बस्नेतले आफूसँग सापटी लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्क विहिन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको बताएकी छन् । उनले बस्नेतको घरमा पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाब भएको आफू बेहोस भएको बताएकी छन् ।

वलीको भनाई छ,“लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाई भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई पसाउन काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिए । हामीलाई च्यानलगेट बन्द गरियो ।”

प्रदेश सभा सदस्य दामा शर्माले भनिन्,“राज्यमन्त्री विमलाले आफूलाई यी विभिन्न तनावको कारण आफू बेहोस आफूहरुले उपचारको लागि लिएका हौँ । ” अहिले उनकाे प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !