६ पुस २०८२, आइतबार

घोप्टेभिरमा खसेको पहिरो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा

प्रकाशित मिति :  15 June, 2022 4:06 pm


फाइल फाेटाे

काठमाडौं । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएका छन् ।

दिउँसो १ बजेतिर खसेको पहिरो एक घण्टा लगाएर पन्छ्याएपछि राजमार्ग सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । वर्षापछि खसेको पहिरोले राजमार्ग दुइतर्फी अवरुद्ध भएको थियो ।



प्रतिक्रिया दिनुहोस !