२० मंसिर २०८२, शनिबार

नक्सालमा खुल्यो फक्सवागनको ५ – तारे अनुभव दिने सुविधासम्पन्न शोरुम

प्रकाशित मिति :  15 June, 2022 4:10 pm


काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागसिप खोलेको छ।

कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो । नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन बहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको हो ।

पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकत विवेक विजुक्छेले नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी लागेको बताए ।

नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए । उक्त शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने उनले बताए ।

प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म निस्शुल्क सर्भिसिङ र फ्रि कन्जुमेबल्स पाउनेछन्। पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ।

फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस !