१२ श्रावण २०८१, शनिबार

विप्लव नेकपाका दुई नेता रिहा

प्रकाशित मिति :  25 March, 2020 2:54 pm


गोरखा, १२ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेता रिहा भएका छन् ।

गण्डक ब्यूरो सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन र विद्यार्थी नेता पर्वत सेढाई रिहा भएका हुन् । माघ २८ गते तनहुँको म्याग्दे गाउँपालिका, जामुनेबजारबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशान कार्यालयले दुबै जनालाई साधारण तारेखमा रिहा गरेको हो । कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै विप्लव नेतृत्वको नेकपाले सरकारी प्रतिरोधको कारवाहीवाहेक सबै आक्रमक कारवाही स्थगित गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !