सरकारको जवाफपछि अवरुद्ध लुम्बिनी प्रदेश सभा सञ्चालन, बजेट पेश
प्रकाशित मिति : 15 June, 2022 5:54 pm
रुपन्देही । प्रदेश राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले जवाफ दिएपछि नेकपा एमालेले सदन सञ्चालन गर्न दिएको छ । कानुन तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले घटनाबारे छानविन गर्न समिति बनाएको जानकारी गराएपछि एमालेले सदन सञ्चालन गर्न दिएको हो । अहिले सदनमा बजेट पेश भइरहेको छ ।








