२१ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेश सरकारको कुल बजेट ३६ अर्ब (पूर्ण पाठ)

प्रकाशित मिति :  15 June, 2022 5:54 pm


गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल बुधबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७बmउस९÷०८० को वार्षिक बजेट कार्यक्रम प्रस्तुत गर्दै । तस्बिर: कृष्ण दवाडी,रासस

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८०का लागि ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेटमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात ६१.६६ प्रतिशत विनियोजन भएको छ ।

वित्तिय व्यवस्था तर्फ ५० करोड अर्थात १.३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री बरालले बताए । सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्ब ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख संचित कोषमा व्ययभार हुने अनुमान छ ।

आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त हुने अनुमान छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गर्दै बताए ।

आगामी आर्थिक वर्षको वार्षिक कार्यान्वयन गर्न २ अर्ब अपुग हुने देखिएको छ । चालु आर्थिक सरकारले ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये जेठ सान्तसम्म ४३।७९ प्रतिशत बजेट खर्च भएको छ ।

(बजेटकाे पुर्णपाठ)



प्रतिक्रिया दिनुहोस !