६ पुस २०८२, आइतबार

मधेश प्रदेशमा आगामी आर्थिक वर्षका लागि रू. ४६ अर्ब ८८ करोड बजेट प्रस्तुत [पूर्ण पाठ]

प्रकाशित मिति :  15 June, 2022 6:21 pm


काठमाडाैं । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट पेश गरेको छ ।

प्रदेश अर्थमन्त्री शैलेन्द्र कुमार साहले प्रदेश सभामा पेश गरेको बजेटमा कुल विनियोजन मध्य चालू तर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६. ४४ प्रतिशत र पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत रहेको छ ।

त्यस्तै वित्तीय व्यवस्था तर्फ १६ करोड ६४ लाख ५६ हजार २ सया रुपैयाँ अर्थात ०.३५ प्रतिशत रहेको छ । बिनियोजित रकममध्य आन्तरिक स्रोतबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ, कोषहरूमा रहेको संचित रकम ३८ करोड, नेपाल सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख र समानीकरण वापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख हुने छ ।

त्यस्तै चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ७८ करोड,सघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरि ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार रकम बेहोरिने बजेटमा उल्लेख छ ।

प्रस्तुत बजेट अनुसार मधेश प्रदेश सरकारलाई १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय रुपैयाँ अपुग हुने छ । यसका लागि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !