६ जेष्ठ २०८१, आइतबार

सिन्धुलीमा प्रदेश सरकारले बहुप्राविधिक शिक्षालय स्थापना गर्ने [पूर्ण पाठ]

प्रकाशित मिति :  15 June, 2022 7:19 pm


काठमाडौं । बागमती प्रदेश सरकारले सिन्धुलीमा प्रदेशको बहु प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रदेश सरकारले सिन्धुलीमा बहु प्राविधिक शिक्षालय स्थापना गर्ने उल्लेख गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्र्तगत संचालित शिक्षालयहरुको भौतिक पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धि गर्ने जनाएको छ ।

सिन्धुपाल्चोकमा निर्माणाधिन दिनेश-रामजी प्राविधिक शिक्षालय आगामी वर्ष सम्पन्न गरि सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि १३ करोड २८ लाख रुपैँया विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !