६ जेष्ठ २०८१, आइतबार

बागमती प्रदेशमा उत्पादनका आधारमा प्रोत्साहन बाहेकका सबै अनदुान खारेज

प्रकाशित मिति :  15 June, 2022 7:33 pm


काठमाडौं । बागमती प्रदेश सरकारले कृषि कर्जाको प्रभावकारिता कम भएको भन्दै उत्पादनका आधारमा दिने प्रोत्साहनका बाहेक सबैप्रकारका अनुदान कार्यक्रम खारेज गरेको छ ।

प्रदेश सरकारले किसानलाई सहयोग पुर्‍ याउने उदेश्यले. घुम्तिकोष स्थापना गरि समूह, निजी र सहकारी लक्षित गरि कार्यप्रगतीको आधारमा र्निब्याजी बीउ पूँजी प्रदान गर्ने भएकाे छ । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले ५० करोड विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक गरेको छ । प्रदेश सरकारले आगामी वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैँया विनियोजन गरेको छ ।

कुल बजेट मध्ये चालुतर्फ १९ अर्ब ०२ करोड ४१ लाख रुपैँया र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैँया बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैँया विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !