नेकपा एमालेले स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिने
प्रकाशित मिति : 16 June, 2022 12:15 pm
काठमाडौं । नेकपा एमालेले दुईदिन आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी छ । स्थानीय तहको निर्वाचनमा एमालेले ७५३ मध्ये २०५ पालिकामा प्रमुख जितेको थियो ।








