१२ श्रावण २०८१, शनिबार

विप्लव नेकपाका केन्द्रीय सदस्य विश्वकर्मा र महिला संगठनकी महासचिव उपाध्याय रिहा

प्रकाशित मिति :  25 March, 2020 4:18 pm


काठमाण्डौं, १२ चैत । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरिन्द्रा उपाध्याय रिहा भएका छन् ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबैजनालाई छोड्न आदेश दिएपछि दुबै जना रिहा भएका हुन् । विश्वकर्मा माइला लामा पक्राउ परेपछि उपत्यका इन्चार्ज थिए भने उपाध्याय काठमाण्डौं सेक्रेटरी थिईन् । दुबैजनालाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

उपाध्याय गत साउन १३ गते र विश्वकर्मा असोज ८ गते काठमाण्डौंबाट पक्राउ परेका थिए भने । दुबै जनालाई झण्डै सात महिना नख्खु जेलमा राखि काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरेपछि पुनः गिरफ्तार गरी सुनसरी हुँदै शनिबार कालिकोट पुर्याइएको थियो । यसअघि पनि उनीहरुलाई गत चैत ३गते सर्वोच्च अदालतले रिहा आदेश दिएपनि अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !