८ बैशाख २०८१, शनिबार

मास्क लगाएको स्थितीमा पनि खुल्ने नोकियाको नयाँ फोन सार्वजनिक

प्रकाशित मिति :  16 June, 2022 6:50 pm


काठमाडौं । नोकियाको जी सिरिज अन्तगर्त नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । नोकियाको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नोकिया जी २१ सर्वजनिक गरेको हो ।

सर्वाधिक टिक्ने ब्याट्रीको लागि यो ब्राण्ड विश्व प्रसिद्ध रहेको छ । जी २१ स्मार्टफोनमा तिन दिन सम्म टिक्ने ब्याट्री लाईफ रहेको कम्पनीले जनाएको छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेट रहेको छ । कम्पनीका अनुसार जी २१ मा मास्क मोड रहेकोले फेस मास्क लगाएको स्थितीमा पनि अनलक गर्न सक्नेछ ।

यस स्मार्टफोन ६/१२८ जिबीको स्टोरेजमा उपलब्ध छ भने मूल्य २२ हजार ९९९ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नोकिया जी २१ ब्लू र डस्क रंगमा उपलब्ध रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !