२५ बैशाख २०८१, मंगलबार

प्रतितोला ५००ले मंहगियो सुन

प्रकाशित मिति :  17 June, 2022 11:26 am


काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार छापावाला सुनको मुल्य महंगिएको छ । बिहिबारको तुलनामा शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहिबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !