१२ बैशाख २०८१, बुधबार

देशको अर्थतन्त्रमा वस्तुगत संघहरुको महत्वपुर्ण भुमिका रहन्छ: अध्यक्ष गोल्छा

प्रकाशित मिति :  17 June, 2022 12:57 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।

वार्षिक साधारण सभाबाट नेपाल हस्तकला महासंघ, नेपाल इंटा उद्योग महासंघ, नेपाल अलैची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघले स्वागत गरेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । उनले उद्योग धन्दाको विस्तार, रोजगारी सृजना, पूंजी निर्माणमा पदाधिकारीहरुको योगदानलाई प्राथमिकता दिएको समेत बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्र बीच एकता र सहकार्य आवश्यक भएको जानकारी दिए ।

नवनिर्वाचित हस्तकलाका महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दिर्घकालिन विकासको लागि राष्ट्रिय हस्तकला नीतिको मस्यौदा सरकारमा प्रस्तुुत गरेको र कार्यान्वनमा एफइनसीसीआईबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले दक्ष जनशक्तिको चर्को अभाव रहेका कारण भारत बाट जनशक्ति ल्याएर विकास गर्नुपर्ने बाध्यता रहेको बताए ।

अलौँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले तालिम प्राप्त जनशक्ति गुणस्तर पहिचान ब्राण्डिङ् लगायता समस्या रहेको उल्लेख गरे ।

नेपाल एशोसिएनशन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष रमेश थापाले पर्यटन क्षेत्रका लागि छुट्टै वस पार्कको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नेपाल दाना उद्योगका अध्यक्ष रविन पुरीले कुखुराको दाना उत्पादनमा अरुदेशको भर पर्नु पर्ने समस्या रहेको बताए ।

नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बीउ आत्मनिर्भर बनाउने कार्यमा संघ लागेपनि बीउ व्यवसाय ऐन २०४५ का कारण कठिनाई भएको बताए ।

नेपाल चलचित्र संघका अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठले अर्बौको लगानी भएको र हजारौलाई रोजागरी दिइरहेको चलचित्र व्यवसायीलाई राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे ।



प्रतिक्रिया दिनुहोस !