१२ श्रावण २०८१, शनिबार

दाङको बेलझुण्डीमा एकसय बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा

प्रकाशित मिति :  25 March, 2020 5:07 pm


दाङ, १२ चैत ।  दाङको बेलझुण्डीमा आजदेखि एकसय बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.ले नेतृत्व गर्नेछन् ।

के.सी.को संयोजकत्वमा अस्पताल सञ्चालन हुनेगरि प्रदेश ५ सरकारले निर्णय गरेको थियो । अस्पतालको आज मन्त्री के.सी.ले अनुगमनसमेत गरेका छन् । के.सी. संयोजक रहेको अस्पतालको सदस्यहरुमा घोराही उपमहानगरपालिकाका प्रमुख, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, दाङका प्रमुख जिल्ला अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालय र सदस्य सचिवमा राप्ती प्रादेशिक अस्पतालका प्रमुख रहेका छन् ।

विशेष अस्पतालको निरीक्षण गर्दै प्रदेश-५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद के.सी. । फोटो-नरेन्द्र के.सी.को फेसबुकबाट

मन्त्री के.सी. नेतृत्वको समितिले समितिले अस्पतालको सञ्चालन कार्ययोजना बनाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको सूची तयार गरी जनशक्ति व्यवस्थापन गर्ने र अस्पताल सञ्चालनका क्रममा आवश्यक निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुसँग आवश्यक सहयोग र समन्वयको काम गर्ने छ।



प्रतिक्रिया दिनुहोस !