मूल्य वृद्धिबारे सत्थ्यतथ्य जानकारी गराउन सभामुखद्वारा सरकारलाई निर्देशन
प्रकाशित मिति : 20 June, 2022 1:41 pm
काठमाडौं । सरकारले भारी मात्रामा पेटोलियम पदार्थ बृद्धी गर्ने निर्णय गरेको विरोधमा नेकपा एमालेले संसद अवरोध गरेपछि यसबारे सत्यतथ्य जानकारी गराउन सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिएका छन् ।
बैठक सुरु हुने वित्तिकै नेकपा एमालेकी सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धीले जनतालाई अफ्ठेरोमा पारेको बताउँदै सरकारको जवाफ माग गरेकी थिइन् ।
सरकारले जवाफ नदिइएसम्म सदन चल्न नदिने भन्दै एमालेले सदन अवरुद्ध गरेको थियो ।
सभामुख सापकोटाले आफ्नो ध्यानकर्षण भएको भन्दै पेटोलियम पदार्थमा भएको भारी मुल्य बृद्धीबारे सत्थ्यतथ्य जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । सभामुखको निर्देशनपछि एमालेका सांसदहरुले सदन चल्न दिएका छन् ।








