६ पुस २०८२, आइतबार

एसपीपी सम्झौता हुन सक्ने महराको आशंका,राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्नेमा जोड

प्रकाशित मिति :  20 June, 2022 5:04 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

काठमाडौँमा आज भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले नेपाली शासकले झुकेर एसपीसीमा सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका हुन् ।

महराले सरकार, प्रतिपक्ष र विभिन्‍न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि हस्ताक्षर हुन सक्ने आशंका व्यक्त गरे । उनले आम नागरिकहरू सचेत रहनुपर्नेमा समेत जोड दिएका छन् ।

उनले भने,“भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिन सक्छ, त्यसैले आम नागरिक सचेत हुनुपर्छ ।” उनले एसपीसी सम्झौताका लागि एमसीसीले ढोका खोलेको उल्लेख गरे ।

देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जान सक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरू तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्नेमा समेत जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !