६ पुस २०८२, आइतबार

जग्गा धितो रोक्काको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति :  20 June, 2022 5:09 pm


सर्वोच्च अदालतले जग्गा धितो रोक्काको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्चले जग्गाको वर्गिकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको हो ।

जग्गाको वर्गीकरण गर्ने आधारको रूपमा रहेको भनिएको भूउपयोग नियमावली, २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण भइसकेको नदेखिएको हुनाले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भएकाले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !