१४ बैशाख २०८१, शुक्रबार

तामाङ भाषाको चलचित्र ‘काख्रे’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति :  21 June, 2022 9:58 am


काठमाडौं । तामाङ भाषाको चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने जानकारी दिइएको छ ।

उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन गरेका छन् भने कथाकार तथा नायक ऋतुराज पाख्रिन रहेका छन् । त्यस्तै चलचित्रको निर्माता प्रबल थिङ रहेका छन् भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।

काख्रे चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङ र द्धन्द राजु किरातले छायांकन गरेको चलचित्रमा अस्मिताको शृंगार रहेको छ ।



प्रतिक्रिया दिनुहोस !