५ पुस २०८२, शनिबार

पूर्व उपसभापति गोपालमान श्रेष्ठद्धारा भीरकोटका जनप्रतिनिधिलाई बधाई ज्ञापन

प्रकाशित मिति :  21 June, 2022 12:46 pm


काठमाडौं । भीरकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली काँग्रेसका वरिष्ठ नेता, पूर्व उपसभापति गोपालमान श्रेष्ठले भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन् ।

नगरपालिकामा आयोजित कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता श्रेष्ठले भीरकोटको चुनावी नतिजाबाट आफू खुसी रहेको बताए ।उनले जनप्रतिनिधिहरूलाई लोभ लालच, आग्रह , पूर्वाग्रह नराखी विधि र विवेक दुबै प्रयोग गरेर जनचाहना अनुरुप भीरकोटको विकास र समृद्धिमा खट्न आग्रह गरेका थिए ।

नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नगर सभापति याम प्रसाद अधिकारी, निवर्तमान नगर प्रमुख छायाराम खनाल लगायतका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !