५ पुस २०८२, शनिबार

अर्घाखाँचीको शितगंगामा जिप दुर्घटना ६ जना घाईते

प्रकाशित मिति :  21 June, 2022 1:06 pm


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा १४ करेचुलीमा भएको जिप दुर्घटनामा एकै घरका २ जना सहित ६ जना घाईते भएका छन् ।

सिमलपानीको करेचुलीबाट सालझन्डी तर्फ जाँदै गरेको लु १ ज १९४८ नम्बरको जिप करेचुलीमा दुर्घटना हुँदा अर्घाखाँची शितगंगा १४ करेचुलीका ४० वर्षीय मनकला दर्लामी,पाल्पा रैनादेवी छहरा ८ का जीव चालक २३ वर्षिय ज्ञान बहादुर रेश्मी ,शितगंगा १४ का सहचालक २२ वर्षिय खुमन शूर्यवंशी,सोही ठाउँका नन्द बहादुर घर्ती ,शितगंगा १३ मुसियानका ६० बर्षिय टेक बहादुर रजाली र उनको श्रीमती ४९ बर्षिय दिलकला रजाली घाईते भएका हुन् ।

घाईते मध्ये मनकला दर्लामीलाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ भने अन्य ५ जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस !