घोराहीका तालिम केन्द्र,कोचिङ् सेन्टर,भाषा तालिम केन्द्र तथा छात्रावासलाई कानुनी दायरामा ल्याइने
प्रकाशित मिति : 22 June, 2022 4:02 pm
दाङ । घोराही उपमहानगरपालिकाले अनुमति विना सञ्चालन भएका तालिम केन्द्रहरु,कोचिङ् सेन्टर,भाषा तालिम केन्द्र तथा छात्रावास लगायतका संस्थाहरूलाई कानुनी दायरामा ल्याउने भएको छ ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा कानुनी दायरामा ल्याएर प्रभावकारी अनुगमनको व्यवस्था मिलाइएने उल्लेख छ । शैक्षिक सूचना व्यवस्थापन प्रणाली चुस्त दुरुस्त बनाउन आवश्यक दक्ष जनशक्तिका लागि कम्प्युटर सम्बन्धि ज्ञान भएको विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीलाई प्रत्येक वर्ष अभिमुखिकरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश छ ।
कक्षा १ देखि ९ सम्म(कक्षा ५ र ८ बाहेक) परिवर्तन भएको पाठ्यक्रम र मुल्याङ्कन प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम विकास केन्द्रको तालिम प्याकेज अनुसार अल्पकालिन तालिम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।








