१४ बैशाख २०८१, शुक्रबार
नीति तथा कार्यक्रम २०७९/८०

सुनिलस्मृति गाउँपालिकाले बेरोजगार युवालाई कृषिमा आधारित उद्योग खोल्न प्रोत्साहन गर्ने [ पूर्ण पाठ ]

प्रकाशित मिति :  22 June, 2022 6:03 pm


राेल्पा। सुनिलस्मृति गाउँपालिकाले बेरोजगार युवालाई कृषिमा आधारित उद्योग खोल्नमा प्रोत्साहन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बेरोजगार युवालाई कृषिमा आधारित उद्योग खोल्नमा प्रोत्साहन गर्नुका साथै परम्परागत रुपमा उत्पादन गरिदै आएका रैथाने कृषि वाली र प्रजातीको संरक्षण र प्रवर्द्धन गरिने बताए । नीति तथा कार्यक्रममा भनिएको छ,“घरघरमा करेशावारी, नागरिक स्वस्थ जिवनभरीू कार्यक्रम सञ्चालन गरिनेछ।”

सोको लागि तरकारी विउविजन वितरण कार्यक्रम सञ्चालन गरिनेछ । कृषि पर्यटनलाई आकर्षण गर्न सुन्तला, आँप, केरा, घ्यू, मह, माछा प्रबर्द्धनमा जोड दिइने भनिएको छ ।

कृषि र सो सम्बन्धी उत्पादन तथा वातावरणीय लाभको सम्भावनाको पहिचान गर्न समग्र वस्तुस्थिति खुल्ने गरी विद्युतीय भौगर्विक नक्साकंनको कार्य आउदो वर्ष नै सुरुवात गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

जनतासंगै वडा कार्यक्रम सञ्चालन गरिने र जस अन्तर्गत वडाका ५० घरधुरीलाई टोल विकास संस्था गठन गरी टोल विकास संस्थालाई स्थानीय स्तरको विकासमा आवश्यक कानूनको निर्माण गरि परिचालन गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

प्रत्येक टोल विकास संस्था मध्ये उत्कृष्ट कार्य गर्ने संस्थालाई रु २५००० नगद सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ :



प्रतिक्रिया दिनुहोस !