१२ श्रावण २०८१, शनिबार

‘लक-डाउन’पछि पनि सुदूर पश्चिम प्रदेशमा झण्डै १ लाख ४० हजार नागरिक स्वदेश फर्किए

प्रकाशित मिति :  25 March, 2020 8:49 pm


काठमाण्डौं, १२ चैत । लकडाउनपछि सुदूर पश्चिम प्रदेशका विभिन्न नाकाबाट मात्रै झण्डै १ लाख ४० हजार नेपालीहरु स्वदेश फर्किएका छन् । कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुला र बैतडीको झुलाघाट लगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले उल्लेख गरेका छन् ।

प्रेस सल्लाकार सूर्य थापाले आफ्नो अफिसियल फेसबुकमा भनेका छन्,‘ यो ठूलो संख्या हो, मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्ला, चितवन र प्रदेश नं २ सम्म पुग्न आएका व्यक्तिहरूलाई पठाइएको छ र खुशीको कुरा यसमा संक्रमित कोही पनि नरहेको स्पष्ट गर्नुभएको छ ।’ उनले अब स्थानीय सरकारहरूले आ-आफ्नो पालिकामा आइपुगेका हरेक आगन्तुकलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा तोकिएको अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्नु अत्यावश्यक रहेकोमा जोड दिएका छन् ।

थापाले भनेका छन्,‘सबै स्वास्थ्यचौकी, स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताको जीवनरक्षाको यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नु जरूरी देखिएको छ ।’ प्रेस सल्लाहकार थापाले सीमानाकाबाट प्रवेश गरेका दिदीबहिनी तथा दाजुभाईहरूलाई आ-आफ्नो जिल्ला र गन्तव्यसम्म पुग्न सहजीकरण गरिएको सहज स्थिति रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !