२१ असार २०७९, मंगलबार

स्थानीय तहमा अध्ययन तथा अनुसन्धानका लागि बजेट व्यवस्था गर्नुस् : सभापति पुन

प्रकाशित मिति :  23 June, 2022 5:32 pm



दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको नीति तथा कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

लमही नगरपालिकाको दोस्रो नगर सभा एवं प्रथम अधिवेशनलाई आज देउखुरीमा सम्बोधन गर्दै राष्ट्र र जनताको आर्थिक विकासका लागि अध्ययन अनुसन्धान अपरिहार्य रहेको उनले जोड दिए । पूर्व राज्यमन्त्री समेत रहेका पुनले राज्यले विशेष नीति बनाएर अध्ययन तथा अनुसन्धानका क्षेत्रमा काम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न आग्रह गरे ।

उनले जन चाहाना र आवश्यकता अनुसार काम गरी संघीयताको महत्वलाई पुष्टि गर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । सभापति पुनले सुशासन कायम गर्दै जनताको पक्षमा काम गर्न पनि सबै जनप्रतिनिधिहरूलाई अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस !