१४ बैशाख २०८१, शुक्रबार

पर्वतको मोदी गाउँपालिकाको बजेट ७३ करोड ५२ लाख

प्रकाशित मिति :  24 June, 2022 5:43 pm


पर्वत। मोदी गाउँपालिकाले साढे ७३ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ ।

शुक्रबार गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७३ करोड ५२ लाख ५३ हजार ९ सय रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

लामिछानेले प्रस्तुत गरेको बजेटमा कुल बजेट मध्ये ४८ करोड ६९ लाख रुपैया पुँजी गत बजेट रहेको छ भने चालु तर्फ २४ करोड ८३ लाख ५३ हजार ९ सय ४४ रुपैंया रहेको छ ।

यस अघि गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाको तर्फबाट आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले गाउँपालिकालाई सम्बृद्ध बनाउनका लागि कृषि, पशुपालन, स्वरोजगार तथा पूर्वाधार निर्माणमा जोड् दिने बताइन् ।

अध्यक्ष शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र कृषि एम्बुलेन्स सञ्चालन, अध्यक्षसंग सुत्केरी कार्यक्रम, सामुदायिक पुस्तकालय निर्माण, दिदिवहिनीसंग अध्यक्ष कार्यक्रम, युवासंग उपाध्यक्ष कार्यक्रम, सार्वजनिक नीति साझेदारीमा विद्युत उत्पादनका लागि प्रोत्साहन, काठेपोल विस्थापीत र फोहोरबाट आम्दानी जस्ता कार्यक्रमहरु सेमेटिएको छ ।



प्रतिक्रिया दिनुहोस !