२२ बैशाख २०८१, शनिबार

शनिवार धादिङमा चार घण्टा विद्युत अवरुद्ध हुने

प्रकाशित मिति :  25 June, 2022 7:54 am


धादिङ । सनिबार धादिङमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रले आज (सनिवार) बिहान ११ः०० बजेदेखि दिनको ३ः०० बजेसम्म जिल्लाभर विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको रसुवा-नुवाकोट वितरण प्रणाली पुननिर्माण तथा सुधार आयोजनाले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेमा निर्माण कार्य गर्नका लागि प्रसारणा लाइन सटडाउन गर्ने भएको छ। सोही समयमा धादिङको देविघाटस्थित ३३ केभी प्रशारण लाइन सटडाउन गरिने भएको हो ।

प्राधिकरणले विद्युत आपूर्ति बन्दका कारण ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कार्य सकिएलगतै जुनसुकै बेला विद्युत सुचारु हुने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !