५ पुस २०८२, शनिबार

नेकपा (एकीकृत समाजवादी)का फेरिए मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन र मेटमणि चौधरीलाई सहरी विकास

प्रकाशित मिति :  26 June, 2022 7:31 pm



काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति,पर्यटन तथा नागरिक उड्यन, मेटमणि चौधरी सहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् भने भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् खापुङ यसअघि राज्यमन्त्री थिए ।

हिराचन्द्र के.सी. स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । एकीकृत समाजवादीले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएको हो ।



प्रतिक्रिया दिनुहोस !