१२ बैशाख २०८१, बुधबार

देशका अधिकांश स्थानमा बर्षाको सम्भावना

प्रकाशित मिति :  28 June, 2022 8:02 am


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ।

कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !