४ पुस २०८२, शुक्रबार

विप्लव नेतृत्व नेकपा छोडेका पुनसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

प्रकाशित मिति :  29 June, 2022 12:03 pm


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

पुनसहितका नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरेका छन् । नेकपा माओवादी केन्द्रल पुनसहित ६७ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र प्रवेश गर्नेमा पुनसहित नेकपा छोडेका पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियार लगायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !