महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्दै
प्रकाशित मिति : 29 June, 2022 12:39 pm
काठमाडौ । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै बिक्री प्रबन्धको नियक्तीको लागि कोटेशन आव्हान गरेको छ ।
संस्थाले ४ लाख १६ हजार १ सय ४७ कित्ता थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न लागेको हो । संस्थाको २०७७ चैत्र २५ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले इच्छुक अनुभवी मर्चेन्ट बैंकर कम्पनीलाई आफ्नो कम्पनीको प्रोफाइल सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दर रेट पेश गर्न संस्थाले आग्रह गरेको छ ।








