१२ श्रावण २०८१, शनिबार

गृह मन्त्रालयमा २४ सैं घण्टा निशुल्क टोल फ्रि नम्बर सञ्चालनमा, कालोबजारीबारे सिधै उजुरी गर्न सकिने

प्रकाशित मिति :  26 March, 2020 4:39 pm


काठमाण्डौं, १३ चैत ।  गृह मन्त्रालयले कालो बजारी भएको जानकारी लिन टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले कालोबजारीबारे जानकारी गराउन टोल फ्रि नम्बर ११४९ सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ,‘ यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।’

साथै बैठकले दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्तिका सञ्चालकहरुले आ-आफ्नो गाडी मार्फत सहज आफूर्तिको व्यवस्था मिलाउने र त्यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय गरेको छ । पसल संचालन,माग संकलन र विवरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने छ । निर्णयमा,‘ माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवं विक्रेताहरुले आ-आफ्नो टोल फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, अनलाइन, अफलाइन मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको विक्रिवितरण गर्ने’ भनिएको छ ।

बैठकले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिकारनगरपालिकाहरुले मिलाउने भनेको छ । काठमाण्डौ उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरुले पनि आवश्यकता अनुसार आपूर्ति व्यवस्थापन सहज बनाउन जिल्ला प्रशान कार्यालय र स्थानीय तहले सहयोग गर्ने छन् । कालोबजारी गरेको पाईए खबर गर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !