४ पुस २०८२, शुक्रबार

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीकाे राजीनामा स्वीकृत

प्रकाशित मिति :  29 June, 2022 1:31 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको आजको बैठकमा वलीले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिए । छानबिनको सहजताका लागि वलीले असार १२ गते नै राजीनामा बुझाएको र आज स्वीकृत गरेको मुख्यमन्त्री केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् ।

जेठ ३१ गते दाङ तुलसीपुरमा एकराज बस्नेतको घरमा पुगेर श्रीमती र छोरीलाई हातपात गरेको भन्दै उनी विवादमा तानिइएकी थिइन् । विवादपछि प्रदेश सरकारले छानबिन गर्न सरकारले समिति गठन गरेको छ । विवादमा तानिएपछि प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

पति उत्तरकुमार वलीको गाडी दुर्घटनामा दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा बिमला तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेजपछि उनले नेकपा माओवादी केन्द्र रोजेकी थिइन् । जेठ ३१ मा तुलसीपुर पुगेकी वलीले बस्नेतको घरमा प्रवेश गरेर श्रीमती र छोरीलाई हातपात गरेपछी प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !