२६ बैशाख २०८१, बुधबार

बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नतिका लागि रू. ३० अर्ब ६२ करोड सहयोग स्वीकृत

प्रकाशित मिति :  29 June, 2022 5:51 pm


The World Bank_TMG

काठमाडाैं । विश्व बैंकले नेपालको सडक पूर्वाधार स्तरोन्नतिका लागि ३० अर्ब ६२ करोड ५० लाख रूपैयाँबराबर (२७ करोड ५० लाख अमेरिकी डलर( को सहयोग स्वीकृत गरेको छ ।

बैंकले बुधबार स्वीकृत गरेको पूर्वी दक्षिण एसियामा द्रुत यातायात र व्यापार पहुँच (एक्सेस) कार्यक्रम कार्यक्रमको पहिलो चरण अन्तर्गत नेपाल र बंगलादेशका लागि १ अर्ब ३ करोड अमेरिकी डलरको सहयोगमतध्ये नेपाललाई २७ करोड ५० लाख अमेरिकी डलर दिन लागिएको हो ।

पहुँच परियोजनाले पूर्व-पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे – चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई वातावरणीय अनुकूल चार लेनको राजमार्गमा स्तरोन्नति गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार परियोजनाले महिला उद्यमी र व्यापारीहरूका लागि समर्पित क्षेत्रसहित राजमार्ग छेउमा कम्तीमा तीनवटा बजार क्षेत्र निर्माण गर्नेछ । बजार क्षेत्रमा महिलाका लागि छुट्टै शौचालय, नि:शुल्क वाइफाइ र समयसापेक्ष व्यापार तथा बजार जानकारीसहितको डिजिटल बुलेटिन बोर्डको व्यवस्था गरिनेछ ।

यसले वीरगन्ज र भैरहवा सीमा नाकाहरूमा व्यापार र भन्सार प्रक्रिया अभिवृद्धि गर्न क्षमता अभिवृद्धिमा पनि सहयोग गर्नेछ । परियोजनाले मोटर भेहिकल एग्रिमेन्टको कार्यान्वयनका लागि नेपालको तयारीलाई अगाडि बढाउन पनि मद्दत गर्ने बैंकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !