१३ बैशाख २०८१, बिहिबार

मनाइयो डेरी फूड फेस्टिवल

प्रकाशित मिति :  29 June, 2022 11:49 pm


काठमाडौं । स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरुको खपत अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको डेरी फूड फेष्टिवल एक कार्यक्रमका बीच हर्षउल्लासका साथ मनाइएको छ ।

असार १५ अर्थात दहि चिउरा खाने दिनको अवसर पारेर राखिएको कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्ड संगको सहकार्य तथा डेरी उद्योग संघको आयोजनामा सम्मपन्न भएको हो ।

अनमोल व्याकेट शंखमुलमा आयोजना गरिएको डेरी फूड फेष्टिवलमा दूध तथा खाद्य विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीलाई दुग्धजन्य पदार्थबाट बनेका परिकारको व्यवस्था गरि फेष्टिवल मनाइएको थियो ।

“दहि चिउरा खाने दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आम उपभोक्तालाई सचेतना जगाउदै दूधजन्य उत्पादनको खपत बढाउन यस्ता कार्यक्रमको आवश्यकता महसुस गरेर डेरी फूड फेष्टिवल आयोजना गरेका हौँ, डेरी सेक्टरका विज्ञ तथा व्यवसायीको सहयोगले फेस्टिवल भव्य रुपमा सम्पन्न गर्यौ ।” अध्यक्ष दाहालले भने ।

फेस्टिवलमा डेरी तथा खाद्य विज्ञ, डेरी व्यवसायी, सरोकारवाला निकाय, विद्यार्थी, सरकारी निकायका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !