७ बैशाख २०८१, शुक्रबार

स्याङ्जामा गोठेघर भत्किदा एक जनाको मृत्यु

प्रकाशित मिति :  30 June, 2022 9:17 am


स्याङ्जा । स्याङ्जामा गोठेघर भतिकका एक जनाको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर गोठेघर भत्किदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गल्याङ नगरपालका १० डुविनडाँडा बस्ने ढाकाराम भट्टराईको छोरी १५ वर्षीय रेखा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अविरल वर्षाका कारण गोठेघर भत्किदा घाइते भएकी भट्टराईलाई गल्याङ नगर अस्पताल लगाएको र उपचारका क्रममा बिहान साढे ७ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

पहिरोमा ढाकाराम भट्टराईकै छोरा १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते भएका छन् । उनको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको र टोउकोमा चोट लागेको तथा अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !