१२ बैशाख २०८१, बुधबार

सितापाईला-धार्केकाे तारापुञ्ज-ठूलो खोला सडक खण्ड एक साताभित्र ग्रावेल गरिने

प्रकाशित मिति :  30 June, 2022 9:53 am



अस्मिता धिताल

काठमाडौं । सितापाईला–रामकोट–भिमढुङ्गा–धार्के सडक खण्ड अन्तर्गत रामकोटको तारापुञ्ज देखि भिमढुङ्गा ठूलो खोलासम्म एक हप्ता भित्र ग्रावेल गरेर यातयात सञ्चालन सहज बनाइने भएको छ ।

सडक डिभिजन कार्यालय, निर्माण कम्पनी, नार्गाजुन नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाबीच एक हप्ताभित्र ग्रावेल गर्ने लगायत पाँच बुदे सहमति भएको हो ।

वर्षायामका कारण सडकमा यातयातका सथै एम्बुलेन्स, स्कुल बस र आवजावत गर्न समेत निकै कष्टकर भएपछि विरोध भएको थियो । स्थानीयवासी र सरोकारवालाहरूको निरन्तर दबावका कारण सडक डिभिजन कार्यालय मिनभवनमा सडकको समस्याबारे छलफल गरी ग्रावेल गर्ने सहमति भएको हो । उक्त सडकखण्ड जिर्ण बनेपछि दैनिक ओहोरदोहोर गर्न समस्या परेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

काठमाडौँमा काम गर्ने अमृत खत्री भन्छन्,“ अलिअलि पानी पर्‍यो कि कसरी काममा जाने भन्ने पीर पर्छ, घरबाट सफा लुगा लगाएर गयो अफिस पुग्दा हेर्नै नहुने हुन्छ, खेतबारीमा काम गरेर आएको जस्तो देखिन्छ , कहिले काहीँ त साथिहरुले खेतमा काम गर्दा गर्दै सिधैँ अफिस आएको हो की भनेर समेत जिस्काउ छन् ।” ३०–३५ मिनेको बाटो पार गर्न १ घण्टा समेत लाग्ने गरेको छ ।

स्थानीय विमला धितालले विद्यार्थीलाई समेत हैरान हुने गरेको बताउछिन् । उनी भन्छिन्, “हामी त जसो तसो जान्छौँ विद्यालय जाने नानीबाबुहरु विद्यालय जानै सक्दैनन्, मान्छे हिड्दा टेक्ने बाटो समेत हुदैँन । सधैँ वर्षौ देखी अब यो वर्षसम्म बन्छ भन्दै आश देखाउछन् तर कहिले सम्म बन्ने हो टुङ्गो छैन । जथाभावी मन लाग्दी बाटो खनेको छ राम्रोसंग टेकेर हिड्ने बाटो समेत छैन ।”

स्थानीयवासीले आवाज उठाएपछि नागार्जुन नगरपालि उप प्रमुख सुशीला अधिकारीको नेतृत्वमा नागार्जुन–८ का वडा अध्यक्ष सुरज कुमार पोखरेल र वडा सदस्यका साथै निमार्ण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासी लगायतको दबावमा ग्रावेल गरेर यातयात सञ्चालन सहज बनाउने सहमति भएको हो ।

नागार्जुन नगरपालिका वडा नम्बर–८ का अध्यक्ष सुरज पोखरेले सार्वजनिक यातयात तथा एम्बुलेन्स स्कुल बस सहजै रुपमा सञ्चालन गर्न ग्रावेल गर्ने, नाली खोल्ने र वर्षायाम भरि एउटा स्काइभेटर २४ घण्टा तयारीमा राखेर जनतालाई सेवा दिने बताए । दुई महिनापछि सडकमा जाली राख्ने पर्खाल लगाउने र आगामी आर्थिक वर्षभित्रै कालो पत्रे गर्ने बताए ।

नेपाल सरकारबाट राष्ट्रिय राजमार्गमा सुचिकृत उक्त सडक डेढ वर्षअघि सडक डिभिजन कार्यालय काठमाडौँबाट रु. ३५ करोडको टेण्डरमा प्रक्रिया भई निमार्ण कार्य सुरु भएको थियो । तर चुनावको माहेल र ठेकदारको कमजोरीका कारण सडक निर्माणमा ढिलासुस्ती भएको छ ।

तत्कालन समस्या समाधन गर्न स्थानीय सरोकारवाला, निर्माण व्यवसायी तथा साइट इन्जिनियरको र डिभिजन प्रमुख नारायणप्रसाद निहुरेको अध्यक्षतामा ५ बुँदे सहमति भएकोे छ ।



प्रतिक्रिया दिनुहोस !