४ पुस २०८२, शुक्रबार

‘टेस्ट राइड’ को बाहनामा मोटरसाइकल चोरी फरार किशोर प्रकाउ

प्रकाशित मिति :  30 June, 2022 2:33 pm


सैनामैना । मोटरसाइकल किन्ने बाहनामा ‘टेस्ट राइड’ गर्ने भन्दै मोटरसाइकलसहित फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पा त्रिवेणी गाउपालिका घर भइ दाङ बस्ने दिल बहादुर बि.क. काठमाडौँ जानको लागि दाङबाट असार १३ गते बिहान हिडेका थिए । बिहान साढे १० बजे रुपन्देहीको सैनामैना नगरपालिका रामापुरस्थित राजमार्ग छेउमा रोकिरहेका बेला एक किशोरले मोटरसाइकल बेच्ने हो भन्दै सोधे । मोटरसाईकल धनिले आफूपनि बिदेश जान लागेकोले ९० नब्बे हजारमा बेच्छु भनेपछि ती किशोरले एकपटक म टेस्ट राईड गरेर कन्डिसन चेक गर्छु अनि मात्र किन्छु भन्ने प्रस्ताव राखे । आफूले मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना नगरपालिका ८ का १८ वर्षीय किशोर मोटरसाइकलसँगै फरार भए ।

उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण बताए र प्रहरीको आग्रहमा निवेदन दर्ता गराए । निवेदनका आधारमा दुई दिन खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार ती किशोरलाई कञ्चन गाउँपालिकाको रातडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएको मोटरसाईकल बरामद गरी चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !