७ बैशाख २०८१, शुक्रबार

नेप्सेमा ७४ अंकको उछाल, साढे दुई अर्बको कारोबार

प्रकाशित मिति :  30 June, 2022 3:29 pm


काठमाडौं । बिहीबार सेयरबजारमा उछाल आएको छ । आज परिसूचक कारोबार खुला भएको समयदेखिनै हरियाली छाएको नेप्से परिसूचक ७४ अंकको उछालसँगै बन्द भएको छ ।

आज नेप्सेमा ६ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ भने कारोबार रकम पनि लगभग साढे २ अर्ब पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ को अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि १२.६३ अंकले बढेर ३९१.७८ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये सबै उपसमुहको सेयर बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ९५ लाख २० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेपाल फाइनान्स लिमिटेड, मैलुङखोला जलविद्युत आयोजना र न्यादि हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ३ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २२७ वटा कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ४५ करोड ८६ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !