१५ चैत्र २०८०, बिहिबार

पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिलाई सभापति पुनको निर्देशन

प्रकाशित मिति :  30 June, 2022 5:26 pm


कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै सभापति पुनले पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् ।

उनले पार्टीको नीति, नियम र जनता माझ गरेको प्रतिबद्धता अनुरुप काम गर्न अनुरोध गरेका छन् । स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको बताउदै जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभूति हुनेगरी सेवा संचालन गर्नु पर्नेमा जोड दिएका छन् । उनले पार्टी विरुद्ध गलत क्रियाकलाप गर्ने प्रवृत्ति बढेको औल्याउँदै यसलाई निरुत्साहित गर्नु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सहमहामन्त्री नीमा गिरी, लुम्बिनी प्रदेश सरकारकि ग्रामीण, पर्यटन तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल लगायतले बोलेका थिए । कार्यक्रममा कपिलवस्तु जिल्लामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू सम्मान गरिएको कपिलवस्तु कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !