१६ चैत्र २०८०, शुक्रबार

एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिस्कार गर्यो

प्रकाशित मिति :  1 July, 2022 12:13 pm


काठमाडौं । एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिस्कार गरेको छ । शुक्रबार विपक्षी दल नेकपा एमाललेले आफुना मागहरुको सुनुवाई नभएको भन्दै बैठक बहिस्कार गरेको हो ।

शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेका सांसदहरुले विरोध जनाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । त्यसपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराएर बाहिर निष्किए ।

अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । यदि राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ ।



प्रतिक्रिया दिनुहोस !