१४ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य प्रतितोला २ सयले घट्यो

प्रकाशित मिति :  1 July, 2022 12:19 pm


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !