८ बैशाख २०८१, शनिबार

भारतमा कोरोना संक्रमण बढ्यो : एकैदिन थपिए १७ हजार संक्रमित

प्रकाशित मिति :  1 July, 2022 12:29 pm


नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने २३ बिरामीको मृत्यु भएको छ ।

पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।

भारतको केरेला, महाराष्ट, तमिलनाडु, पश्चिम बंगाल, र कर्नाटक राज्यमा संक्रमित सबैभन्दा धेरै बढ्न थालेको भारतीय संचारमाध्यामले जनाएका छन् । पछिल्लो २४ घण्टामा केरला ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।

कोभिडका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म पाँच लाख २५ हजार १३९ ले ज्यान गुमाइसकेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस !