१५ चैत्र २०८०, बिहिबार

लुम्बिनी प्रदेशमा कृषि कर्जा रुपन्देहीमा केन्द्रित,सबैभन्दा कम रुकुमपूर्वमा

प्रकाशित मिति :  1 July, 2022 2:12 pm



काठमाडौं । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै कृषि क्षेत्रको कर्जा रुपन्देहीमा प्रवाह भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश अर्ध–वार्षिक प्रतिवेदन’’ अनुसार लुम्बिनी प्रदेशमा प्रवाह भएको कृषि कर्जा मध्य सबैभन्दा धेरै ३७.९१ प्रतिशत छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.०८ प्रतिशत मात्र रहेको छ ।

यसैगरी, कुल कृषि कर्जामा दाङको १६.२२ प्रतिशत, बाँकेको १३.४६ प्रतिशत, कपिलबस्तुको ९.७४ प्रतिशत, नवलपरासी पश्चिमको ८.७९ प्रतिशत, बर्दियाको ६.१५ प्रतिशत, पाल्पाको २.७३ प्रतिशत, प्यूठानको १.८० प्रतिशत, गुल्मीको १.३० प्रतिशत, रोल्पाको १.०५ प्रतिशत हिस्सा रहेको छ ।

अध्ययनमा समेटिएका कृषि ज्ञान केन्द्रहरूबाट प्राप्त तथ्याङ्क अनुसार समीक्षा अवधिमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी हिस्सा दाङको १५.१४ प्रतिशत छ । सबैभन्दा कम कृषि कर्जा प्रवाह भएको रुकुम पूर्वमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल पनि प्रदेशमा सबैभन्दा कम अर्थात २.२३ प्रतिशत रहेको छ ।

प्रदेशभर खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलको हिस्सा १३.८१ प्रतिशत मात्रै रहेपनि कृषि कर्जा भने ३९.९१ प्रतिशत देखिएको हो । पछिल्लो समय कृषि कर्जाको दुरुपयोग बढी रहेका बेला लुम्बिनी प्रदेशमा पनि रुपन्देहीमा मात्रै बैंकले बढी कृषि कर्जा प्रवाह गरेको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुवाट प्राप्त तथ्याङ्क अनुसार समीक्षा अवधिमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा गत अवधिको तुलनामा २६.१५ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ४६ करोड २ लाख पुगेको छ ।

गत वर्ष यस्तो कर्जा २५.५९ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ८.८३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !