१४ बैशाख २०८१, शुक्रबार

रोल्पामा बैंकबाट रू. ५ अर्ब ६३ लाख कृषि कर्जा प्रवाह

प्रकाशित मिति :  1 July, 2022 6:01 pm


काठमाडौं । रोल्पामा ५ अर्ब ६३ लाख रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोल्पामा बैंकले ५ अर्ब ६३ लाख रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ जुन लुम्बिनी प्रदेशमा प्रवाह भएको कर्जाको १.०५ प्रतिशत हो ।

२०७८ साउनदेखि २०७८ पुससम्मको तथ्याङ्कमा आधारित भई राष्ट्र बैंकले पछिल्लो अर्ध–वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । कर्जा प्रवाह हुनेमा रोल्पा लुम्बिनी प्रदेशमा रुकुमपूर्व र अर्घाखाँचीपछि सबैभन्दा कम हो । लुम्बिनी प्रदेशमा प्रवाह भएको कृषि कर्जा मध्य सबैभन्दा धेरै रुपन्देहीमा ३७.९१ छ । अध्ययनमा समेटिएका कृषि ज्ञान केन्द्रहरुबाट प्राप्त तथ्याङ्क अनुसार खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल पनि जम्मा ३.७५ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त तथ्याङ्क अनुसार समीक्षा अवधिमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा गत अवधिको तुलनामा २६.१५ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ४६ करोड २ लाख पुगेको छ ।

गत वर्ष यस्तो कर्जा २५.५९ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ८.८३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन् । तर रोल्पा भने कृषि प्रवाह हुने जिल्लामध्य लुम्बिनीमा पछि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !